एनआरएन इन्फ्रास्टक्चर र राधि विद्युतमा दैनिक झुम्मिदै लगानीकर्ता, कुनको कति भयो कारोबार ?
२६ कार्तिक २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.५६ अंकले घटेरर २५४४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै ३२१ वटा कम्पनीहरुको तीन अर्ब ८४ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार पनि एनआरएन इन्फ्रास्टक्चरको ४० करोड ३४ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, राधि जलविद्युत कम्पनीको २२ करोड १४ लाख रुपैयाँ, शाहस उर्जाको १४ करोड एक लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १३ करोड ५५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।














