दोहोरो अंकले बजार घट्दा पनि ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट
२६ कार्तिक २०८२, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.५६ अंकले घटेरर २५४४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि विभिन्न सेक्टरका चार कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार भुगोल इनर्जी, सागर डिस्टीलरी, भुगोल हाइड्रो र बन्दिपु केवलकार लगायतका नयाँ सूचीकृत भएका कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज अप्पर सोलु हाइड्रो, नेपाल माइक्रो इन्स्योरेन्स, स्वस्तिक लघुवित्त, सर्वोत्तम सिमेन्ट लगायतको शेयरमूल्य बृद्धि भएको छ ।














