साना किसान विकास लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष (आव) को पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा खुद नाफा २९ प्रतिशतले घटेको छ। गत आवको असोज मसान्तसम्म ३२ करोड १८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको असोज मसान्तसम्म घटेर २२ करोड ८४ लाख ९८ हजार रुपैयाँमा झरेको हो।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४९ करोड २४ लाख ९४ हजार रुपैयाँबाट ३०.६२ प्रतिशतले घटेर ३४ करोड १७ लाख १३ हजार रुपैयाँमा झरेको छ भने कुल सञ्चालन आम्दानी ५७ करोड ८३ लाख ३१ हजार रुपैयाँबाट २७.०५ प्रतिशतले घटेर २४ करोड १९ लाख १७ हजार रुपैयाँमा झरेको छ।
त्यस्तै यता कम्पनीको सञ्चालन नाफा पनि गत आवको तीन महीनामा ४६ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेकोमा चालू आवमा २९.५४ प्रतिशतले घटेर ३२ करोड ६४ लाख २६ हजार रुपैयाँमा झरेको छ। नाफा र आम्दानी घटेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि ३३.८२ रुपैयाँबाट घटर २१.१९ रुपैयाँमा झरेको छ। यता खराब कर्जा भने २.४६ प्रतिशतबाट बढेर ३.०७ प्रतिशत पुग्दा प्रतिशेयर नेटवर्थ २४४.३० रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम १ करोड ८२ लाख ६९ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ९९ करोड ७८ लाख १८ हजार रुपैयाँ र रिजर्भ कोषमा ४ अर्ब २० करोड ७० लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ३१ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ अर्ब २९ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।













