शेयर बिक्री गरी राजिनामा दिदै बिदा भए हिमालयन बैंकका सञ्चालक फरहान तालिब
२७ कार्तिक २०८२, बिहीबार १०:५२

काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक फरहान तालिबले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले नोभेम्बर १० देखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।
हिमालयन बैंकमा रहेको शेयर हबिब बैंकले नेशनल लाइफ इन्स्योरेन्सलाई बिक्री गरीसकेको छ । त्यसपश्चात हबिब बैंकको प्रतिनिधित्व गरेका सञ्चालक तालिबले पदबाट राजिनामा दिएका हुन् ।














