हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२७ कार्तिक २०८२, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आ नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको तीन अर्ब ४९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । जसमा आज हिमालयन पावर पार्टनरको १६ करोड ८० लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन डिस्टीलरी लिमिटेडको १३ करोड ९१ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १३ करोड ३० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १३ करोड पाँच लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*