नेपाल लाइफका बिशाल-बिक्रम दाजुभाइद्वारा ऐतिहासिक सफलता:‘समृद्धि पदक’को वार्षिक लक्ष्य एकै दिनमा पुरा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दमक शाखा अन्तर्गतका एजेन्सी म्यानेजर बिक्रम अधिकारी र बिशाल अधिकारीले ऐतिहासिक उपलब्धि हात पारेका छन्। नेपाल लाइफको प्रतिष्ठित ‘नेपाल लाइफ समृद्धि पदक राष्ट्रिय सम्मान २०२६’का लागि तोकिएको एक वर्षको प्रिमियम लक्ष्य एकै दिनमै पूरा गर्दै दाजुभाइले कीर्तिमान कायम गरेका हुन्।
झापा, बिर्तामोड–१० विराटपोखर स्थायी घर भएका यी दाजुभाइले मेहनत, अनुशासन र निरन्तरताको अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्। परिवार र समाजमा उदाहरणीय व्यक्तित्वका रूपमा परिचित उनीहरूले नेपाल लाइफमार्फत सयौं परिवारलाई जीवन बीमाको महत्व बुझाउँदै वित्तीय सुरक्षाको दायरामा ल्याउँदै आएका छन्। “बीमा केवल कागजी लेनदेन मात्र नभई,भविष्यको सुरक्षा र सन्ततिको उज्वल भविष्य को ग्यारेन्टी हो” भन्ने विश्वासका साथ उनीहरू सबै वर्गलाई बिमा सुरक्षा घेरामा समेट्दै आइरहेका छन्।
मनकामना काली निर्माण सेवाका प्रोप्राइटर र एन.आर.आर.एन.कंक्रिट उद्योग का.व्यवस्थापक समेत रहेका बिशाल ले व्यावसायिक व्यस्तताबीच पनि नेपाल लाइफको मिशनलाई अघि बढाउँदै यो अभूतपूर्व सफलता सम्भव बनाए।
साथै बिक्रम -विशाल ले देखाएको प्रतिबद्धता र लक्ष्यप्रतिको दृढताले नेपाल लाइफ इन्स्योरेन्स दमक शाखा र देशभरका अन्य अभिकर्ताहरूका लागि अधिकारी दाजुभाइ प्रेरणाका स्रोत बनेका छन्। उनीहरूको यस उपलब्धिपछि कम्पनीका अभिकर्ता,कर्मचारी, शाखा प्रमुख, प्रदेश प्रमुख,देखि उच्च पदाधिकारीहरूले हार्दिक बधाई र सम्मान व्यक्त गरेका छन्।













