नेपाल लाइफले तीन महीनामा कमायो २१ करोड ५५ लाख रुपैयाँ नाफा, जीवन बीमाकोष साढे २ खर्ब नजिक

२८ कार्तिक २०८२, शुक्रबार ०६:५४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले आजै सार्वजनिक गरेका प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा कमाएको २० कराड ५४ लाखको तुलनामा चालू आवमा ४.९४ प्रतिशतले खुद नाफा वृद्धि भएको हो।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको बीमाकोषको आकार पनि २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँबाट १७.७८ प्रतिशतले बढेर २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँबाट १३.१८ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ पुगेको छ। यता कुल आम्दानी १७ अर्ब ९७ करोड ७० लाख रुपैयाँबाट बढेर १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ पुग्दा कम्पनीको कुल खर्च पनि १६ अर्ब ५७ करोड ४ लाख रुपैयाँबाट बढेर १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ नाघेको छ।

कम्पनीले गत वर्ष अभिकर्तालाई ८७ करोड १२ लाख रुपैयाँ कमिशन दिएकोमा यस वर्ष १०.२४ प्रतिशतले बढाएर ९६ करोड ४ लाख रुपैयाँ अभिकर्ता कमिशन दिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १०.०१ रुपैयाँबाट घटेर ९.५५ रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ १३८.१४ रुपैयाँ रहेका छ।

चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ सञ्चिति रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*