लिवर्टी माइक्रो लाइफको नाफा १०४ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आवको पहिलो त्रैमासमा कमाएको १० लाख ५८ हजार रुपैयाँको तुलनामा १०४.७३ प्रतिशत बढी हो।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार ह्वात्तै बढेको देखिएको छ। गत आवको असोज मसान्तसम्म कम्पनीको जीवन बीमाकोष २ करोड ३९ लाख रुपैयाँ रहेकोमा चालू आवको असोज मसान्तसम्म १०१४ प्रतिशतले बढेर २६ करोड ७० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १ करोड ९५ लाख रुपैयाँ रहेकोमा चालू आवमा ३८६ प्रतिशतले बढेर ९ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी कुल आम्दानी ३ करोड ३३ लाख रुपैयाँबाट २१७.३४ प्रतिशतले बढेर १० करोड ५८ लाख रुपैयाँ पुग्दा कुल खर्च ३ करोड २३ लाख रुपैयाँबाट २२१ प्रतिशतले बढेर १० करोड ३७ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ९ लाख ३१ हजार रुपैयाँ र जगेडा कोषमा ६६ लाख ५८ हजार रुपैयाँ सञ्चिति रहेको छ।













