सुमनापछि सन्तोष परियारले पनि छोडे राष्ट्रिय स्वतन्त्र पार्टी
२८ कार्तिक २०८२, शुक्रबार १४:२५

काठमाडौँ । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्।
रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ।
रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।












