नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आयोजित ट्रफी टुर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडमा पुगेको छ। क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजना गरिएको एनपीएल–२ को ट्रफी कम्पनीको नक्सालस्थित प्रधान कार्यालयमा विशेष कार्यक्रममा प्रदर्शन गरिएको हो।
सह–प्रायोजकका रूपमा रहेको सानिमा रिलायन्सका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटप्रतिको जनचासो निरन्तर बढिरहेको उल्लेख गर्दै एनपीएलले राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने महत्वपूर्ण प्लेटफर्म बनेको बताए।
आगामी मंसिर १ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको सफलताको शुभकामना दिंदै उनले दोस्रो संस्करणमै समेत सह–प्रायोजक बन्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको जनाए।
ट्रफीमा राखिएको सगरमाथा क्षेत्रको कालापत्थरको पत्थर निमा शेर्पा र मिङ्मा डेविड शेर्पाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुमति र सहयोगमा सुरक्षित रूपमा ल्याइएको हो। यसले ट्रफीलाई हिमालको पहिचानसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। हाल सानिमा रिलायन्स लाइफले १६९ शाखामार्फत सेवा विस्तार गरिरहेको छ।
पाँच अर्बभन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीले २० अर्बभन्दा बढीको लगानी गरिसकेको छ भने करिब २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमार्फत बीमा सेवा प्रदान गर्दै आएका छन्।













