बैंकहरुको क्लासिफिकेसन परिमार्जन गर्न आवश्यक छ: डिब्यान अध्यक्ष

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल ९डिब्यान०का अध्यक्ष सुयोग श्रेष्ठले विकास बैंकहरुको क्लासिफिकेसनमा परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्।
हामीले क्लासिफिकेसन हुनु हुँदैन भनेका हेनौं क्लासिफिकेसन चाहिन्छ क्लासिफिकेसनमा कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी भनेर भनियोस् तर यसलाई ए, बी, सी, डी वर्गको कम्पनी भनेर छुट्याउँदा समाजमा जुन किसिमको एउटा नकारात्मक धारणा जान्छ त्यसलाई परिवर्तन गर्नका लागि सिम्पल क्लासिफिकेसनमा बसौं भनेर रिक्वेस्ट गरेका हौं।
यहाँ पहिले नै उल्लेख गरिसकिएको विषय भएकाले पुनः छोटकरीमा भन्दा हाम्रो गभर्नरज्यूले विभिन्न फोरमहरूमा तथा हामी बैंकहरूसँग छुट्टै छलफल हुँदा समेत निरन्तर रूपमा सकारात्मक सोच, स्पष्ट मिशन र रूपान्तरणमुखी दृष्टिकोणको कुरा गर्दै आउनुभएको छ। उहाँले बारम्बार पैसा कमाउनु अपराध होइन बरु व्यवसायिक रुपमा अनिवार्य प्रक्रिया हो भन्ने सन्देश दिनुहुन्छ साथै मिडियामा दृष्टिकोणहरू अधिक प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुहुन्छ। उहाँको यस्तो सोच र नेतृत्वले नेपालको बैंकिङ तथा व्यवसायिक क्षेत्रलाई नयाँ दिशातर्फ अग्रसर गराउनेछ भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ।
यसै सन्दर्भमा वित्तीय क्षेत्र अहिले जहाँ उभिएको छ त्यहाँ हामीले आफ्ना ग्राहकलाई केवल ग्राहकको रूपमा मात्र नभई सहकर्मी तथा व्यवसायिक सहयात्रीको रूपमा ग्रहण गर्नुपर्ने आवश्यकता अझ ठूलो बन्दै गएको छ। तर यिनै ग्राहक तथा सहयात्रीबाट आलोचना प्राप्त हुने अवस्था सिर्जना भइरहेको छ भने त्यो हाम्रो आन्तरिक प्रक्रियामा सुधार गर्नुपर्ने पक्षहरू पनि रहेको संकेत मान्नुपर्छ। ती कमजोरीहरू पहिचान गरी घटाउन, संस्थाहरूले केवल आफ्नै पक्ष राखेर मात्र होइन जिम्मेवारीसहित व्यावहारिक समाधानतर्फ उन्मुख हुनुपर्ने आवश्यकता अत्यन्त महत्वपूर्ण छ।
यसबाहेक बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई निरन्तर रूपमा आलोचना मात्र गर्ने प्रवृत्तिले समग्र वातावरणलाई नकरात्मक बनाइदिन्छ जुन दीर्घकालीन रूपमा व्यवसायिक प्रगतिको लागि प्रतिकूल हुन्छ। बैंकहरू मध्यस्थकर्ता भएकाले बैंकले उचित नाफा कमाउनु स्वाभाविक मात्र होइन आवश्यक पनि हो। तर यो लाभको अवधारणा बैंकसम्म सीमित हुन नहुने र हामीसँगै सहकार्य गर्ने सम्पूर्ण व्यवसायिक क्षेत्रले पनि समान रूपमा प्रगति गर्नुपर्ने विषयलाई हामीले सकारात्मक दृष्टिले स्वीकार गर्नुपर्छ। यही सकारात्मक सोचले नै बैंकिङ तथा व्यवसायिक क्षेत्रलाई स्थिर, विश्वसनीय र परस्परमा सहयोगी बनाउँछ।
अन्त्यमा आजको उपलब्धिलाई मात्र होइन यसभन्दा पनि थप विस्तृत र दीर्घकालीन यात्रामा सिबिफिनले अझ प्रभावशाली भूमिका खेलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। बैंकिङ तथा व्यवसायिक क्षेत्रलाई साझा मार्ग र साझा लक्ष्यतर्फ अग्रसर गराउन संस्थाले निभाउँदै आएको भूमिकालाई हामी मूल्याङ्कन गर्छौं र आगामी दिनमा पनि यस्तो सकारात्मक योगदान निरन्तर रहोस् भन्ने कामना गर्दछौं धन्यवाद।













