बीमकले कृषि बीमामा कृषकलाई प्रोत्साहन गर्न आवश्यक छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

२८ कार्तिक २०८२, शुक्रबार १८:०४

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बीमा कम्पनीहरु रिइन्स्योरेन्सबाट सुरक्षित भएको भए कृषिमा बीमा गरेर कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् ।

बीमा कम्पनीहरु कुनै हिसाबले रिइन्स्योरेन्सबाट सुरक्षित हुनुहुन्छ भने यसलाई कसरी अझै राम्रो र थप सुरक्षित गर्ने र कृषिमा बीमा गरेर कृषकलाई प्रोत्साहन गर्ने विषयमा सोच्नु पर्छ।

मुनाफामुलक क्षेत्रमा मात्रै आकर्षण हुनु भन्दा पनि सेवामुलुक क्षेत्रमा पनि बीमा कम्पनीहरुले सक्रिय हुनु आवश्यक रहेको बताएका छन् ।

मलाई मेरो दूध डेरीको पनि अनुभव छ। डेरी चलाउँदा पनि पशु बीमा गर्नलाई गाह्रो छ। यसमा हामीले अलिकति गाह्रो मानेको जस्तो महसूस हुन्छ। तर देशलाई अगाडि बढाउने नै हो भने सबैले अलि बढी मिहिनेत र त्याग गर्नुपर्छ र जोमिख पनि लिनुपर्छ।

खाली व्यवसायी मात्र अथवा एउटा सानो व्यवसायी वा उद्यमी मात्र रिस्क टेकर हो उनीहरुले मात्र रिस्क लिने भन्ने किसिममा जानु हुँदैन। यो सबै कम्पोनेन्टमा हुन सक्ने कम्पोनेन्टहरूमा रिस्क लिनुपर्छ। मैले यसका लागि बैंकरहरूलाई पनि आह्वान गर्छु।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*