नासा सेक्युरिटिजले भन्यो, ‘हाम्रो कम्पनीमा कसैले छापा हानेको छैन’
२८ कार्तिक २०८२, शुक्रबार १८:४०

काठमाडौँ । सामाजिक सञ्जालमा दिपेन्द्र अग्रवालले नासा सेक्युरिटिज कम्पनीमा छापा परेको भन्ने स्टाटस लेखेपछि कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै ती समाचार भ्रामक भएको दाबी गरेको छ।
नासा सेक्युरिटिजले आफ्नो विज्ञप्तिमा भनेको छ ‘कम्पनीसँग सम्बन्धित कुनै अनियमित कार्य भएको छैन र हालसालै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो वा नेपाल धितोपत्र बोर्डले कार्यालयमा छापा मारेको वा बयानका लागि बोलाएको कुनै सत्यता छैन।’ कम्पनीले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आएको र सबै गतिविधि कानुनी दायरामा रहेको उल्लेख गरेको छ।
कम्पनीले सम्बन्धित सबैलाई भ्रममा नपर्न अनुरोध गर्दै कार्यालय प्रमुख मदन पौड्यालको फोन नम्बर ९८५१०२५४११, ०१५९७००८४ वा ईमेलमार्फत सम्पर्क गर्न सकिने जानकारी दिएको छ।














