व्यवस्थापन रुपमा खस्कदै गईरहेको आरबीसीएल अधिकांश मुख्य सूचकमा भारी गिरावट, प्रतिशेयर आम्दानी ऋणात्मक

२९ कार्तिक २०८२, शनिबार ११:१५

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२(८३ को पहिलो त्रैमासमा कम्पनीले सार्वजनिक गरेको रिर्पोट केलाउँदा अधिकाश मुख्य सूचकमा नै गिरावट देखिएको छ ।

व्यवस्थापन रुपमा खस्कदै गईरहेको कम्पनी पहिलो त्रैमासमा ९ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको छ ।

गत बर्ष १५ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनी यस त्रैेमासमा कम्पनीभित्र चरम भष्ट्राचार र अव्यवस्थित हुँदा घाटामा गईरहेको कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासको रिर्पोटले देखाएको छ ।

कम्पनीको बीमा व्यवसायमा ६४ प्रतिशतको गिरावट आएको छ । गत बर्ष ६३ करोड ४६ लाख रुपैयाँ बीमा व्यवसाय भित्र्याएको कम्पनीले यस बर्ष २२ करोड ४१ लाख रुपैयाँ मात्रै बीमाशुल्क भित्र्याउन सफल भएको छ ।
गत बर्षमा ३ हजार २ सय २७ जनाले नविकरण गरेपनि कम्पनीको खस्किदो अवस्थाको कारण नविकरण गर्ने बीमितको सङ्ख्या पनि घटेको छ । यस अवधि २७ जनाले मात्रै बीमा पोलिसी नविकरण गराएका छन् ।
कम्पनीले बीमा दाबी भुक्तानीमा चरम भष्ट्राचार गर्ने र बीमितसँगै बार्गेनिङ्ग गर्ने समस्याको कारण बीमितहरुको पनि कम्पनीबाट बीमा योजना नविकरण नगरि अन्य कम्पनीमा ट्रान्सफर भईरहेका छन् ।

कम्पनी घाटामा जान थालेसँगै कम्पनीले दिर्घकालीन र निश्चित समयका लागि गरेका लगानीको रकमहरु पनि घटाउन थालेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ऋणात्मक रहेर ३७ रुपैयाँ ३२ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ ६४०१ रुपैयाँ ८४ पैसा रहेको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*