हिमालयन लाइफले प्रथम त्रैमासमा कमायो १२ करोड ७७ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्तो?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको प्रथम त्रैमासमा १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको प्रथम त्रैमासमा २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सोको तुलनामा चालू आवमा ४९.६५ प्रतिशत कम नाफा कमाएको हो।
नाफा घटे तापनि कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ। गत आवको पहिलो तीन महीनामा ४ अर्ब १७ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवमा ३.३७ प्रतिशतको वृद्धि सहित ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ५५ करोड ४३ लाख रुपैयाँबाट ८ प्रतिशतले घटेर ६ अर्ब २ करोड ४० लाख रुपैयाँमा झरेसँगै कुल खर्च पनि ५ अर्ब ८८ करोड १९ लाख रुपैयाँबाट सामान्य घटेर ५ अर्ब ८३ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।

गत आवको असोज मसान्तसम्म आफ्ना अभिकर्ताहरूलाई ३४ करोड ३२ लाख रुपैयाँ कमिशन दिएको यस कम्पनीले त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म २.६३ प्रतिशतले बढाएर ३५ करोड २२ लाख रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ।
गत आवको तीन महीनामा कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेकोमा सोको तुलनामा चालू आवको तीन महीनामा १९.५६ प्रतिशतले बढाएर ८० अर्ब ३१ करोड ४ लाख रुपैयाँको जीवन बीमाकोष खडा गर्न सफल भएको छ।
चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४७ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ सञ्चिति रहेको छ। प्रतिशेयर आम्दानी ५.५९ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १०५.६५ रुपैयाँ रहेको छ।














राम्रो र विश्वासिलो