नेको इन्स्योरेन्सको अधिकांश सूचकमा सुधार, यस्तो छ पहिलो त्रैमाससम्मको वित्तीय प्रगति

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा प्रभावित भएपनि अन्य सूचक भने मझबुद नै देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २९ करोड ५४ लाख ७ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा साढे ३ प्रतिशतले बढी हो ।
कम्पनीको नाफा भने प्रभावित हुन पुगेको छ । भदौमा जेनजी आन्दोलनमा भएको तोडफोडपछि कम्पनीमा दाबी पर्दा नाफा ऋणात्मक हुन पुगेको छ । यसअवधिमा कम्पनीको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ६५ प्रतिशतले बढेर ५२ करोड ९९ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त दाबी भुक्तानी ३२ करोड १० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी ४.२२ प्रतिशतले बढेर ५१ करोड ९९ लाख र कुल खर्च ६० प्रतिशतले बढेर ६३ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।
समिक्षा अवधिमा कम्पनीकोच चुक्तापूँजी २ अर्ब ६९ करोड र जगेडा कोषमा ४८ करोड ७४ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १२.३५ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२७.१५ रुपैयाँ रहेको छ ।













