नेपाल इन्स्योरेन्सको व्यवसाय र आम्दानी बढ्यो, बीमाकोष ३ अर्ब १४ करोडमाथि

३० कार्तिक २०८२, आईतवार ०८:१२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको व्यवसाय र आम्दानीमा मनग्य वृद्धि भएको हो।

गत आवको असोज मसान्तसम्म कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म ५२.१६ प्रतिशतको वृद्धि सहित २० करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि २९ करोड ३७ लाख रुपैयाँबाट १०.५४ प्रतिशतले बढेर ३२ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २७ करोड ५२ लाख रुपैयाँबाट ६८ प्रतिशतले बढेर ४६ करोड २४ लाख रुपैयाँ पुगेको छ।

यता गत आवको तीन महीनामा कम्पनीको बीमाकोषको आकार २ अर्ब ३ करोड ३१ लाख रुपैयाँ रहेकोमा त्यसको तुलनामा चालू आवको तीन महीनामा ५४.६५ प्रतिशतको वृद्धि सहित ३ अर्ब १४ करोड ४३ लाख रुपैयाँको बीमाकोष कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम ८ करोड १४ लाख रुपैयाँ, स्पेशल रिजर्भमा १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १२ लाख रुपैयाँ र जगेडा कोषमा ६ करोड ५८ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३.७८ रुपैयाँ ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*