तीन महीनामा १० अर्ब ९५ करोड मूल्यको धितोपत्र निष्कासनका लागि स्वीकृत
३० कार्तिक २०८२, आईतवार १३:३६

काठमाडौं । चालू आर्थिक वर्षको तीन महीनामा १० अर्ब ९५ करोड मूल्यका धितोपत्र सर्वाजनिक निष्कासनका लागि स्वीकृत भएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार ६ अर्ब १८ करोडको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोडको हकप्रद र ९९ करोड ४७ लाखको आईपीओले निष्कासनका लागि स्वीकृति पाएका हुन्।
त्यसैगरी तीन महीनामै १२ अर्ब ७८ करोडको आईपीओ, २ अर्ब ४८ करोडको हकप्रद शेयर, १ अर्ब ८३ करोडको बोनस शेयर, साढे ९२ करोड बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड मूल्यका धितोपत्र नेप्सेमा सूचीकृत भएका छन्।
नेप्सेमा असोज मसान्तमा सूचीकृत ८ अर्ब ९२ करोड शेयरको चुक्ता मुल्य ८ खर्ब ७९ अर्ब ८६ करोड रुपैयाँको रहेको राष्ट्र बैंकले जनाएको छ।













