आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
३० कार्तिक २०८२, आईतवार १५:०५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
जसमध्ये १०.७५% एसबीएल डिबेन्चर २०८९ को २८ करोड ९० लाख रुपैयाँ, नेपाल रिको २१ करोड ३५ लाख रुपैयाँ र माउन्टेन इनर्जीको २० करोड ८४ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
त्यसैगरी एनआरएनको १८ करोड २२ लाख, युनियन हाइड्रोपावरको १६ करोड ६२ लाख, साहस ऊर्जाको १३ करोड ६८ लाख, बरुण हाइड्रोपावरको १३ करोड १८ लाख, नबिल डिबेन्चर २०८५ को ११ करोड ८२ लाख, शिवम् सिमेन्टको ९ करोड ६७ लाख र राधी विद्युतको ८ करोड १६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।














