शेयरधनीको हात रित्तो पार्दै बुद्ध भूमि नेपाल हाइड्रोपावरले बोलायो साधारणसभा

१ मंसिर २०८२, सोमबार ०७:०९

काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २४ गते काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजे सत्रौं वार्षिक साधारणसभा बोलाएको छ।

लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीको उक्त सभाले सञ्चालक समितिको तर्फबाट पेश हुने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरूको भत्ता अनुमोदन गर्ने र माइन्यूटमा हस्ताक्षर गर्ने प्रतिनिधिको नियुक्ति गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले यही मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र मतदान गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*