सामुदायिक लघुवित्तको शेयर संरचना परिवर्तन हुँदै

१ मंसिर २०८२, सोमबार ०९:४७

काठमाडौं । साविकको सामुदायिक लघुवित्त र बीपीडब्लू लघुवित्त मर्ज भएर बनेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व परिवर्तन हुने भएको छ।

कम्पनीमा हाल संस्थापक शेयरधनीको ६१.११ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३८.८९ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले संस्थापकको ८.६५ प्रतिशत स्वामित्व परिवर्तन गरी संस्थापकको ५३.७२ प्रतिशत र सर्वसाधारणको ४६.२८ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको हो।

राष्ट्र बैंकबाट समेत स्वीकृति पाइसकेकाले यदि कुनै संस्थापक शेयरधनीले सर्वसाधारण समूहमा परिवर्तन हुन नचाहेमा ३५ दिनभित्र लिखित निवेदन दिन आग्रह समेत गरेको छ। निवेदन प्राप्त नभएमा मञ्जूर ठानी सोही बमोजिम प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*