शिवम् सिमेन्टको लाभांश घोषणा, साधारणसभा आह्वान

१ मंसिर २०८२, सोमबार १०:१९

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो।

लाभांश पारित गर्नका लागि यही मंसिर २५ गते काठमाडौंमा बिहान साढे १० बजे वार्षिक साधारणसभा बोलाएको छ भने मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय पनि भएको छ।

1763353092520

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*