स्वरोजगार लघुवित्त उच्च जोखिममा, घट्यो रेटिङ

१ मंसिर २०८२, सोमबार १३:३१

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्जा रेटिङ घटाइएको छ । इक्रा नेपालले कम्पनीको जारीकर्ता रेटिङलाई बीबी- बाट बी+ ‘सहयोग नगर्ने’ वर्गमा घटाएको हो । यससँगै ‘ऋणात्मक संकेतसहितको निगरानी’ बाट पनि कम्पनीलाई हटाएर रेटिङ फिर्ता लिन सूचना दिइएको छ ।

इक्रा नेपालको अनुसार यस रेटिङ भएका संस्थालाई आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्न उच्च जोखिमको रूपमा हेरिन्छ । प्लस वा माइनसको संकेत उक्त रेटिङ भित्रको सापेक्ष स्थिति जनाउँछ ।

रेटिङ घटाउने निर्णय कम्पनीले आवश्यक सूचना उपलब्ध गराउन नसकेको र वित्तीय अवस्थाबारे स्पष्ट जानकारी नपाएको कारण गरिएको हो । यसले संस्थाको क्रेडिट जोखिममा अनिश्चितता बढाएको बताइएको छ । प्रकाशित रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा संस्था का सकल गैर-प्रदर्शन कर्जा ७.३७ प्रतिशत पुगेको छ, जुन अघिल्लो रेटिङ (साउन २०८१) समयको ५.७२ प्रतिशतभन्दा बढी हो ।

कम्पनीबाट हालसम्म कुल बक्यौता र त्यसको पूँजीमा पर्ने प्रभावबारे जानकारी नआएकाले वित्तीय अवस्थामाथिको असरको स्पष्ट मूल्याङ्कन गर्न सकिएको छैन । इक्रा नेपालले उपलब्ध जानकारीको आधारमा संस्थाको रेटिङ निर्धारण गर्ने गर्छ ।

यस रेटिङ घटाइएका संस्थाहरूले उच्च जोखिम र वित्तीय असुरक्षाको सामना गर्ने स्थिति देखाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*