चार कम्पनीको शेयरमा सर्किट, यी कम्पनीले कमाए सर्वाधिक
१ मंसिर २०८२, सोमबार १५:१२

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । आइतबार घटेको बजार आज भने केहि सामान्य अकंले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अकंले बढेर २५५०.३६ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन बन्दिपुर केवलबार, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।














