सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
२ मंसिर २०८२, मंगलवार १०:५१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९० रुपैयाँमा आइपुगेको छ ।













