जीवन बीमा व्यवसायमा १२ प्रतिशत वृद्धि, नेपाल र नेशनल अगाडि, वृद्धिदरमा आइमई र सिटिजन

२ मंसिर २०८२, मंगलवार १२:२७

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरण अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा व्यवसाय १२.२५ प्रतिशतले बढेको हो।

गत आवको असोज मसान्तसम्म जीवन बीमकहरूले ४३ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म १२.२५ प्रतिशतको वृद्धि सहित ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।

कुन कम्पनीको कति?
चालू आवको तीन महीनामा नेपाल लाइफ एक्लैले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। दोस्रोमा नेशनल लाइफले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा एलआईसी नेपालले ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी क्रमैसँग सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब २८ करोड ४० लाख रुपैयाँ र सिटिजन लाइफले २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै सानिमा रिलायन्स लाइफले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

वृद्धिदरको आधारमा
गत आवको तीन महीनामा कम्पनीले गरेको बीमाशुल्क आर्जनसँग चालू आवको तीन महीनामा आर्जन गरेको बीमाशुल्क दाँजेर हेर्ने हो भने आर्ईएमई लाइफको सर्वाधिक ३१.९६ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

त्यसपछि सिटिजन लाइफको २८.७३ प्रतिशत, रियायबल नेपाल लाइफको २७.४८ प्रतिशत, सूर्यज्योति लाइफको १८.७४, सानिमा रिलायन्स लाइफको १८.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १८.७४ प्रतिशत र मेट लाइफको १६.०८ प्रतिशतले खुद बीमाशुल्क आर्जन बढेको छ।

त्यसैगरी नेशनल लाइफको १३.९८ प्रतिशत, नेपाल लाइफको १३.१८ प्रतिशत, एशियन लाइफको १३.१६ प्रतिशत, एलआईसी नेपालको ९.११ प्रतिशत, हिमालयन लाइफको ३.७३ प्रतिशत र सन नेपालको ०.८९ प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको १.९१ प्रतिशतले खुद बीमाशुल्क आर्जन घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*