लघुवित्त कम्पनीहरूको पूँजीकोष ९.६ प्रतिशत वृद्धि, निक्षेप र लगानी कति?

काठमाडौं । गत आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाहरूको पूँजीकोष ९.६ प्रतिशतले बढेर ६९ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत अािर्थक वर्षको वार्षिक प्रतिवेदन अनुसार २०८१ असार मसान्तसम्म पूँजीकोष ६३ अर्ब १ करोड ५४ लाख रुपैयाँ रहेको थियो।
त्यसैगरी गत आवमा लघुवित्त कम्पनीहरूको निक्षेप १३.१ प्रतिशतले बढेर १ खर्ब ९९ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आवमा १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो।
त्यसैगरी लघुवित्त कम्पनीहरूले लिएको सापटी ३.८ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो आवमा २ खर्ब ३० अर्ब ७४ करोड रुपैयाँ थियो। त्यसैगरी लघुवित्त कम्पनीको तरल कोष २३.१ प्रतिशतले बढेको छ भने लगानी ३ प्रतिशतले बढेको छ। कर्जा तथा सापटी ७.४ प्रतिशतले बढ्दा अन्य ४.७ प्रतिशतले बढेको छ।
लघुवित्त कम्पनीहरूको पूँजीकोष, निक्षेप, सापटी, लगानी आदि बढ्नुले लघुवित्त संस्थाहरूको पूँजी सुदृढीकरण र जोखिम व्यवस्थापनमा बलियो बलियो बन्दै गएको संकेत गर्छ।














