लक्ष्मी सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

२ मंसिर २०८२, मंगलवार १६:४६

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छट । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनको लागि अनुमति मागेको हो । जस मध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ ।

१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने छ।कम्पनीको बिक्री प्रबन्धकको काम माछापुच्छ्रे क्यापिटलले गर्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*