यस्तो छ गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभाको ‘माइन्युट’

२ मंसिर २०८२, मंगलवार १७:०६

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१–८२ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत गरेको छ ।

यसैगरी सभाले आर्थिक वर्ष २०८१–८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण भएको आव २०८१–८२ को वित्तीय विवरणहरु र संस्थाको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु संशोधनको प्रस्ताव पारित गरेको छ ।

1763458022896

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*