पासपोर्ट बनाउन आएका नागरिकलाई दुःख दिने ३ जना बिचौलिया पक्राउ

३ मंसिर २०८२, बुधबार ०८:२७

काठमाडौं । पासपोर्ट बनाउन आएका नागरिकहरूलाई दुःख, हैरानी दिएको र चर्काे रकम असुलेको आरोपमा प्रहरीले तीन जना बिचौलियालाई आइतबार पक्राउ गरेको छ।

राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर बसेर पासपोर्ट बनाउन आएका सोझासाझा नागरिकलाई प्रलोभनमा पारी छिटोछरितो ढंगले बनाइदिन्छु भन्दै चर्काे रकम असूल गर्ने काममा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३२ वर्षीय भाग्य नारायण शाह, धादिङ नेत्रावती गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने ४३ वर्षीय मिक्टे लामा रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*