सिमरा विमानस्थलमा तनाव: झडपपछि आक्रोशित समूहले मुख्य गेट भत्कायो

३ मंसिर २०८२, बुधबार १३:०४

काठमाडौँ । बारामा रहेको सिमरा विमानस्थलको मुख्य गेट शनिबार आक्रोशित समूहले तोडफोड गरेको छ। नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको प्रहरीले जनाएको छ।

गेटको ठूलो भाग भाँचिँदै जाँदा भित्र तैनाथ दुई प्रहरीमाथि खस्ने अवस्था आए पनि उनीहरू सामान्य अवस्थामा रहेको बताइएको छ। गेट फुटेपछि केही युवाहरू करिब केही क्षणका लागि विमानस्थल भित्र प्रवेश गरेका थिए। सुरक्षाकर्मीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएर बाहिर निकालेका छन्। घटनापछि विमानस्थल क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ भने प्रवेशद्वार वरिपरि निगरानी कडाइ गरिएको छ।

युवा संघ नेपालको कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली बारा जाँदै थियो। नेताहरू कार्यक्रम स्थलमा नपुग्दै सिमरा बजार क्षेत्रमा स्थानीय युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*