बीमा प्राधिकरणका संचालकहरुको भत्ता र सुविधा कति छ ?
३ मंसिर २०८२, बुधबार १६:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालकहरुले प्रति बैठक भत्ता ४ हजार रुपैयाँ लिँदै आइरहेका छन् ।
बीमा प्राधिकरणको संचालक सेवा सुविधामार्फत अध्यक्ष, कार्यकारी र संचाकहरुले टोलिफोन र इन्टरनेट सुविधा पनि लिँदै आईरहेका छन् ।
यसका साथै अध्यक्ष सहित संचालकहरुले ४ हजार रुपैयाँ र इन्टरनेट सुविधाको लागि २ हजार रुपैयाँ खर्च सेवा सुविधा दिँदै आईरहेका छन् ।
हाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा रहेका छन् भने कानुन मन्त्रालयबाट संचालकको प्रतिनिधिको रुपमा मान बहादुर अर्याल रहेका छन् भने बीमितकोतर्फबाट प्रतिनिधि गर्ने सन्तोष रिजालले यो सुविधा लिँदै आईरहेका छन् ।













