एनपीएलमा सट्टेबाजी: भारतीयसहित दुई लाजिम्पाटबाट पक्राउ

३ मंसिर २०८२, बुधबार १७:०४

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको गतिविधिमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेका व्यक्तिमा भारतको हरियाण, रानिमहल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत, चण्डीगढमा बस्दै आएका २४ वर्षीय रेविका सिंह ठकुरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले खेलाडीलाई ‘स्पोन्सर गर्ने’ नाममा ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गर्दै सट्टेबाजीमा संलग्न गराउन प्रयास गरेका थिए।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*