सिमरामा एमाले र जेन-जी समूहबीच झडपपछि विरोध जारी, सडक बिहानैदेखि अवरुद्ध
४ मंसिर २०८२, बिहीबार १२:४४

काठमाडौँ । बारा सिमरामा बुधबार नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच भएको झडपका कारण स्थानीय क्षेत्र फेरि अशान्त बनेको छ। झडपपछि बुधबार बेलुका प्रहरी प्रशासन र सम्बन्धित पक्षबीच सहमति भएसँगै सडक सञ्चालनमा आएको थियो।
तर बिहीबार बिहानैदेखि स्थानीय युवाहरू फेरि विरोध प्रदर्शन गर्दै सडकमा निस्किएका छन्। प्रदर्शनकारीहरूले विभिन्न नारा लगाउँदै सिमराको मुख्य सडक अवरुद्ध गरेका छन् र क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ।
प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेको भए पनि अहिले पनि सडक क्षेत्रमा सुरक्षा चुनौती देखिएको छ।













