प्रसुति भवन निर्माणमा १५ लाख रुपैयाँ भ्रष्टाचार

४ मंसिर २०८२, बिहीबार १३:३८

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–६ मा प्रसुति केन्द्र भवन निर्माणमा १५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ।

मुद्दा खेप्नेहरूमा बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक कुमार सिंह र शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब–इन्जिनियर नरेश रावत रहेका छन्।

त्यसैगरी प्रसुति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष सडक ऐडीको समेत मिलेमतो खुलेको भन्दै अख्तियारले प्रतिवादी बनाएर मुद्दा चलाएको छ।

प्रतिवादीहरूले मिलेमतोमा लागतअनुसार काम नगरी झुटो बिल बनाएर १५ लाख रुपैयाँ हिनामिना गरेको र निर्माण पनि अत्यन्तै गुणस्तरहीन भएकाले प्रयोगमै नआउने गरी भग्नावशेष भएको आरोपपत्रमा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*