नेपाल लाइफको पेशागत बीमा अभिकर्ता संघको सौराहाको तेस्रो अधिवेशनमा नयाँ कार्यसमिति चयन

४ मंसिर २०८२, बिहीबार १५:२५

काठमाडौं । नेपाल लाइफ इनस्योरेन्स कम्पनीक अन्तर्गत बीमा अभिकर्ता संघ नेपालको सौराहा–टाँडी शाखाको तेस्रो अधिवेशनले गोविन्दकृष्ण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विमला न्यौपाने, सचिवमा सविता अधिकारी, सहसचिवमा लक्ष्मी केसी, कोषाध्यक्षमा रमेश दुवाडी चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा धनरजियाकुमारी चौधरी, मिनु श्रेष्ठ, राजकुमार श्रेष्ठ, ललिता घले, वेदप्रसाद पौडेल, कृष्णबहादुर नेपाली, हरिकुमार श्रेष्ठ, दिलकुमारी श्रेष्ठ, सजनाकुमारी शर्मा र गीता पुरी चयन भएका छन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल सौराहा–टाँडी शाखाका अध्यक्ष पार्वतीकुमारी भुसालको अध्यक्षता एवम् छाता सङ्गठनका केन्द्रीय सह–कोषाध्यक्ष दुर्गाकुमारी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम राजेन्द्रप्रसाद वाग्लेले सञ्चालन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि पेसागत बिमा अभिकर्ता संघका केन्द्रीय सदस्यद्वय कमलप्रसाद सुवेदी, शान्ता पाण्डे, अतिथि बागमती प्रदेश समितिका उपाध्यक्ष रामकृष्ण कार्की, सहसचिव प्रल्हाद अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सौराहा–टाँडी शाखा प्रमुख सन्तकृपाल अग्रहरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*