सर्वोच्चले दुर्गालाई थुनामा राख्नुको कारण खुलाउन आदेश

४ मंसिर २०८२, बिहीबार १७:१३

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण तत्काल पेश गर्न प्रहरी प्रशासनलाई आदेश दिएको छ । साथै, प्रसाईंलाई अदालतमा प्रत्यक्ष उपस्थित गराउन पनि आदेश जारी गरिएको छ।

दुर्गा प्रसाईंका छोरा दिपेन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई थुन्नुका आधार र प्रमाण २४ घण्टाभित्र अदालतमा पेश गर्न निर्देश दिएको हो।

प्रहरीकाअनुसार प्रसाईंलाई सोमबार राति बिर्तामोडस्थित निवासबाट सुतेकै अवस्थामा पक्राउ गरिएको थियो। झापा प्रहरीले उनीविरुद्ध ‘शान्तिविरुद्धको कसुर’ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले प्रसाईंको सार्वजनिक अभिव्यक्ति तथा गतिविधिले सामाजिक सद्भाव र शान्ति–सुरक्षामा खतरा उत्पन्न गरेको आरोप लगाउँदै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*