सरकारी सवारी साधनको बीमा पहिलो चरणमा शुभारम्भ, सरकारी सम्पत्तिको बीमा क्रमश: हुने

काठमाडौं । सरकारले सार्वजनिक सम्पत्तिको बीमा गर्ने घोषणा गरेको दुई महिनामा सवारी साधनको बीमा गर्न सुरु गरेको छ । हाल अर्थमन्त्रालयका २० वटा सवारी साधनको बीमा गर्नबाट सुरु गराएको हो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी भौतिक संरचनाको बीमा गर्ने कार्यको थालनी गर्ने र सरकारी सवारीसाधनहरूको पूर्ण बीमा गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुृसार अर्थमन्त्रालयका हाल २० वटा सवारी साधनको बीमा राष्ट्रिय बीमा कम्पनीमार्फत गराएको अर्थमन्त्रालयले जनाएको छ।
यस निर्णय कार्यान्वयनका लागि संघीय सरकारका सबै मन्त्रालय, प्रदेश र स्थानीय तहसम्म पत्राचार गरिएको अर्थ मन्त्रालयले जानकारी दिइसकेको छ।
असो ५ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलो चरणमा मन्त्रालयको निर्णय अनुसार पहिलो चरणको बीमा गराइएको हो ।













