श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
५ मंसिर २०८२, शुक्रबार १६:३८

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता आईपीओ सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.५९ रुपैयाँदेखि ३०१.७७ रुपैयाँसम्मको रेन्ज तोकेको छ। कम्पनीको शेयर SAIL सिम्बलबाट कारोबार हुने छ।
यस कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। उक्त शेयर भोलिदेखि कारोबारमा आउनेछ ।













