नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्ने

७ मंसिर २०८२, आईतवार १४:०९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले भोलि अर्थात सोमबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण मधेश प्रदेशले एक सूचना जारी गर्दै भोलि दिउँसो १ बजेदेखि २ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो ।

बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो । जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् ।

साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*