जीवन विकास लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

७ मंसिर २०८२, आईतवार १४:३२

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै अधिकृ र सहायक अधिकृत पदमा १–१ जनाका दरले कर्मचारी माग गरेको हो ।

संस्थाले सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक व्यवस्थापनमा स्नातक र सीए–सीसीए तह उत्तिर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेखित छ । बैंक तथा वित्तीय संस्थामा कार्य गरेको अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता दिइने भएको छ ।

इच्छुक उम्मेद्वारले मंसिर २२ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट र इमेलमार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*