भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपालले एक करोड सहयोग

८ मंसिर २०८२, सोमबार ११:०२

काठमाडौँ । नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) आर्थिक सहयोग प्रदान गरेको छ ।

मंसिर ७ गते आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एक लाख रुपैयाँ बराबरको भौचर अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्। एलआईसी नेपालले राष्ट्रका भौतिक संरचना पुनर्निर्माणका लागि अत्यन्त महत्वपूर्ण रहेको समयमा उक्त कोषमा रकम जम्मा गरेको हो ।

यसअघि, भौतिक पूर्वाधार पुनर्निर्माण कोषमै जम्मा हुने गरी एफवान सफ्ट समूहअन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त योगदानस्वरूप ७५ लाख रुपैयाँ बराबरको चेक मंसिर ३ गते अर्थ मन्त्रालयमा बुझाइएको थियो। समूहका अध्यक्ष सिद्धान्त ठकुरीले अर्थमन्त्री खनाललाई उक्त चेक हस्तान्तरण गरेका थिए।

दुवै कम्पनीका तर्फबाट प्राप्त आर्थिक सहयोगप्रति अर्थमन्त्री खनालले नेपाल सरकारका तर्फबाट विशेष धन्यवाद दिएको छ। मन्त्रालयका अनुसार मंसिर ७ गतेसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा भएको कुल रकम ९ करोड ३० लाख पुगेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*