नेप्से पुनर्संरचना गठित समितिको आजबाट औपचारिक रुपमा कामको थालनी

८ मंसिर २०८२, सोमबार १६:२८

काठमाडौं ।  नेप्से पुनर्संरचना गर्नको लागि गठित समितिले सोमबारबाट काम सुरु गरेको छ।

पछिल्लो समय नेपाल सरकारले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो। सोही समितिले सोमबारदेखि काम थालेको हो।

यस अघि मन्त्रिपरिषदले पाँच सदस्य रहने भनेको थियो। जसमा थापालाई संयोजक तोकिएको थियो भने समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई जिम्मेवारी दिइएको थियो। त्यसका अतिरिक्त नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट एक एक जना सदस्य रहने बताइएको थियो। तर आज सबैले जिम्मेवारी सहितको पत्र पाएका छन्। आज पत्र पाउनेमा नेपाल स्टक एक्सचेन्जबाट मुराहरि पराजुली, नेपाल राष्ट्र बैंकबाट सुभाषचन्द्र घिमिरे, नेपाल धितोपत्र बोर्डबाट रुपेश केसी र विज्ञ सदस्यमा धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरि छन्।

समिति गठनपछि सोमबार पहिलो पटक छलफल कार्यक्रम आयोजना भयो। छलफलमा सहभागी हुनु अघि सबैले आ(आफ्नो पत्र बुझे। आजबाट औपचारिक रुपमा कामको थालनी गरिएको विज्ञ सदस्य नीरज गिरिले बताए। गिरिका अनुसार समितिलाई ५० दिनको समय तोकिएको छ। उक्त अवधि भित्र समितिले प्रतिवेदन बुझाउनु पर्ने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*