नेपाल एसबिआई बैंकको लाभांश घोषणा
९ मंसिर २०८२, मंगलवार १०:१९

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० बिक्री गर्ने घोषणा गरेको हो।
मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।













