सुपर मादी हाइड्रोपावरले सच्यायो लाभांश

९ मंसिर २०८२, मंगलवार १०:२४

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको लाभांश सच्याइएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको थियो ।

तर, कम्पनीले एक सूचना जारी गर्दै भुलवस नगद लाभांश गल्ती हुनु पुगेको जनाएको छ । नगद लाभांश ०.२६३२ प्रतिशत रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*