लाभांश र हकप्रद निष्कासन प्रस्ताव पारितका लागि सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । सभा मङ्सिर २९ गते पोखराको घारीपाटन स्थित आभ्या क्लबमा बस्ने गरी बोलाएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजिको १५ प्रतिशतले हुन आउने १२ करोड ७५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै बोनस शेयर जारी भए पश्चात कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी आगामी आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।













