सुर्योदय वोमी लघुवित्त भालुफाटाद्वारा सदस्य परिवारलाई ७५ हजार बीमा रकम हस्तान्तरण

काठमाडौँ । मंसिर ८ गते, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको भालुफाटा शाखा कार्यालय, कैलालीले एक सदस्यको परिवारलाई बीमा रकम प्रदान गरेको छ। लघुवित्तमा आवद्ध एक सदस्यका श्रीमानको मृत्यु भएपछि आवश्यक प्रक्रिया पूरा गरी राहत रकम हस्तान्तरण गरिएको हो।
घोडाघोडी नगरपालिका–९, रतिपुरकी समूह नं. १८६.००११ की सदस्य अस्मीता बि.कका श्रीमानको मृत्यु भएको भनी पेश गरिएको कागजात जाँच–बुझ प्रक्रिया सम्पन्न भएको आधारमा बीमा राहत रकम ७५ हजार रुपैयाँ प्रदान गरिएको लघुवित्तले जानकारी दिएको छ। राहत रकम सोही वडाका वडाध्यक्ष हरिचन्द्र शाहमार्फत एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा सहभागी व्यक्तिहरूले बीमा रकमले पीडित परिवारको सम्पूर्ण समस्या समाधान गर्न नसक्ने तर कठिन परिस्थिति सामना गर्न “घाउमा मलम” जस्तै सहयोग पुगेको भन्दै खुशी व्यक्त गरे। साथै, लघुवित्तले आगामी दिनमा अझ प्रभावकारी तथा सदस्यमैत्री कार्यक्रम सञ्चालन गर्न सुझावसमेत दिएका थिए।
सोही अवसरमा वडाध्यक्ष शाहले लघुवित्तमा आवद्ध भएर वित्तीय कारोवार गर्दा सबै सदस्य सचेत, अनुशासित र पारदर्शी बन्नुपर्नेमा जोड दिए। उनले लघुवित्तका कार्यक्रमहरूले समुदायमा वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
कार्यक्रममा भालुफाटा शाखाका शाखा प्रमुख, कर्मचारी तथा स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो। सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले हाल देशका सातै प्रदेशमा १७१ शाखामार्फत करिब १ लाख ९१ हजारभन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।













