आयोजनाको ऋण तिर्न सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
९ मंसिर २०८२, मंगलवार १०:४६

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले बोनस शेयर वितरण पश्चात चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजनाको ऋण तिर्न हकप्रद निष्काशन गर्ने लागेको जनाएको हो ।
नियामन निकायबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।













