कुमारी बैंकको १ लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

१० मंसिर २०८२, बुधबार १०:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

तोकिएको म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*