जुम्लामा ७२ मेगावाटको जलविद्युत् आयोजनाको अन्तराष्ट्रिय विज्ञ टोलीद्वारा सर्भे सुरु

१० मंसिर २०८२, बुधबार ११:१०

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह जलाधारबाट विद्युत् उत्पादनका लागि विस्तृत सम्भाव्यता अध्ययन (सर्भे) गर्न अन्तर्राष्ट्रिय विज्ञ टोली हेलिकप्टरमार्फत जुम्ला पुगेको छ ।

जर्मन र भारतीय जलविद्युत् विशेषज्ञसहितको टोलीले गिडिदहको पानीको उद्गम स्थानदेखि प्रस्तावित पावरहाउस स्थलबारे हवाई तथा स्थल दुवै अवलोकन सम्पन्न गरेको छ । टोलीले अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको तयारी सुरु गरेको छ, जसका आधारमा जलविद्युत् परियोजनाका सबै संरचना निर्माण हुनेछन् ।

हेलिकप्टर तातोपानी–४ स्थित रातेखोला औद्योगिक ग्राममा अवतरण गरिएको थियो। मुख्य विज्ञ टोली फर्किए पनि केही प्राविधिक अहिले पनि गाउँमै बसेर निरन्तर सर्भे गरिरहेका छन्।

नेपाल विद्युत् प्राधिकरणले गिडिदह क्षेत्रबाट ७२ मेगावाट क्षमताको ऊर्जा उत्पादनका लागि अनुमति दिइसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*